भारत, पाकिस्तान र चीनबिच युद्ध भए विश्वका ४० प्रतिशत जनसंख्या खतरामा, संसारभरी १५ हजार परमाणु हतियार
बीबीसी
भारत र चीनको जनसंख्या जोड्ने हो भने साढे दुई अर्बभन्दा बढि हुन्छ । यसमा पाकिस्तानको २० करोड जनसंख्या पनि जोड्ने हो भने संसारको कूल जनसंख्याको ४० प्रतिशतभन्दा धेरै जनसंख्या यी तीन देशमा हुन्छन् ।
यी तीन देश परमाणु शक्तिसम्पन्न छन् र यिनीहरु बिच युद्धको स्थिती बनिरहन्छ । यदि यी तीन देश कुनै स्थितीमा परमाणु शक्तिमा उल्झिएको खण्डमा संसारको करिब ४० प्रतिशत जनसंख्या खतरामा पर्न सक्छन् ।
विशेषज्ञका अनुसार भारत–चीनबिच युद्धको स्थितीमा सायद पाकिस्तान तटस्थ नहोला । यस्तोमा उक्त देशको भूमिका महत्वपूर्ण हुनसक्छ ।
भारत र चीन आफ्नो परमाणु सिद्धान्तका अनुसार परमाणु हतियार पहिला प्रयोग नगर्ने नीतिको पालना गर्दछन् ।
यसको अर्थ यो भयो कि युद्धको क्रममा यदि एक देश परमाणु हतियारको प्रयोग गर्दछ भने अर्कोले पनि गर्नेछ । यद्यपी, पछिल्लो वर्ष नोभेम्बरमा भारतका तत्कालीन रक्षामन्त्री मनोहर पर्रिकरका अनुसार भारतले परमाणु हतियारको मामलामा ‘नो फर्स्ट यूज’ को नीतिमाथि पुनर्विचार गर्नुपर्छ ।
पर्रिकरका अनुसार भारत एक जिम्मेवार परमाणु शक्ति सम्पन्न देश हो र यसको प्रयोग गैरजिम्मेवारीपूर्वक गर्नेछैन । यद्यपी, उनले यो आफ्नो नीजि विचार भएको बताउँदै भारतको परमाणु नीतिमा कुनै परिवर्तन नआएको बताए । पर्रिकरले यो बयान पाकिस्तानसँग बढिरहेको तनावको क्रममा दिएका थिए ।
यो वर्ष जून १६ तारिखमा भारत र चीनबिच भूटानको डोकलाम सीमामा तनाव भइरहेको छ । चीनका सरकारी मिडियामा युद्धको धम्की दिइँदैछ । भारतले डिसेम्बर सन् २०१६ मा अग्नि–भी मिसाइलको सफल परिक्षण गरेको थियो ।
यो इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल हो । यो मिसाइल ५ हजार ५ सय देखि ५ हजार ८ सय किलोमिटरसम्म क्षती पुर्याउन सक्छ । यसको तौल ५० हजार किलोग्राम, लम्बाई १७.५ मिटर र गती २४ म्याक छ ।
यो मिसाइलमा परमाणु हतियार लैजाने क्षमता छ र चीनका थुप्रै शहरलाई निकै सजिलै निशानामा पार्न सक्छ । चीनसँग पनि पहिले देखि नै यस्तो प्रकारको मिसाइल छ । दुबै देशबि अहिले जुन प्रकारको तिक्तता छ र जुन खतरनाक हतियार छन्, यस्तोमा युद्धको विभिषिकाको अन्दाज लगाउन सकिन्छ ।
संसारभरी कति परमाणु हतियार ?
फेडरेशन अफ अमेरिकनको रिपोर्ट अनुसार शीत युद्धपछि परमाणु हतियारको संख्यामा भारी गिरावट आएको छ । यो रिपोर्टका अनुसार सन् १९८६ मा संसारभरी करिब ७० हजार ३ सय परमाणु हतियार थिए जुन सन् २०१७ को सुरुवातमा १४ हजार ९ सय पुगेको छ ।
सरकार वर्तमान हतियार नियन्त्रण सम्झौताका अनुसार संख्या बताउँछ । सन् १९९० को दशकभन्दा यी हतियारको संख्यामा गिरावट आएको छ ।
शीतयुद्ध समाप्त भएपछि परमाणु हतियारको संख्यामा कमी आयो तर अहिले पनि १४ हजार ९ सय ३० परमाणु हतियार भनेको कम होइन । करिब ९ हजार ४ सय परमाणु हतियार संसारको भण्डारमा छ ।
यसका साथै ३ हजार ९ सयभन्दा बढि परमाणु हतियार अपरेशनल बलसँग तैनाथ छन् । अमेरिका, रुस, बेलायत र फ्रान्सका १ हजार ८ सय परमाणु हतियार हाई अलर्टमा छन् र यो छोटो जानकारीमा नै तहननहस गराउनका लागि तयार छन् ।
संसारभरीका कूल परमाणु हतियारको ९३ प्रतिशत हतियार रुस र अमेरिकासँग छ । रुस र अमेरिका दुबैको भण्डारमा ४ हजार देखि ४ हजार पाँच सय परमाणु हतियार छन् ।
फेडरेशन अफ अमेरिकन साइन्टिस्ट (एफएएस) को रिपोर्ट अनुसार अमेरिका, रसिया र बेलायत आफ्नो परमाणु हतियारलाई कम गरिरहेका छन् । तर पछिल्लो २५ वर्षको तुलनामा संख्यामा कटौती निकै ढिलो छ ।
फ्रान्स र इजराइलसँग परमाणु हतियारको संख्या लगभग स्थिर छ । उक्त रिपोर्ट अनुसार चीन, पाकिस्तान, उत्तर कोरिया र भारत परमाणु हतियारको संख्यामा बढोत्तरी गरिरहेका छन् ।
एफएएसको रिपोर्ट अनुसार सबै परमाणु शक्ति सम्पन्न देश आफ्नो परमाणु हतियारको आधुनिकीकरण गरिरहेका छन् । यो देशमा आफ्नो अनिश्चित भविष्यका लागि यी हतियार राख्नुपर्ने बाध्यता भएको भनी तर्क दिने गर्दछन् ।
वास्तवमा कुन देशसँग कति परमाणु हतियार छ त्यो निकै गोप्य विषय हो । एफएएसका अनुसार यी सबै गोपनीयताका बाबजूद निकै सर्तकतापूर्वक ऐतिहासिक रेकर्ड, समय समयमा लिक भएको सूचना र अनुमानको आधारमा विश्लेषण गरेर संख्या बताइएको छ ।
कुन देशसँग कति परमाणु हतियार ?
विशेषज्ञका अनुसार यदि चीन र भारतबिच युद्ध भएको खण्डमा कुनै आधुनिक युद्धजस्तो हुनेछ । यो युद्ध जमिनमा मात्र नभई पानी र आकासमा पनि हुनेछ ।
हावामा मिसाइल र लडाक विमानमार्फत हमला गरिनेछ । थुप्रै विशेषज्ञका अनुसार समुन्द्रमा भारतको प्रभुत्व छ र त्यहाँबाट चीनको अर्थव्यवस्थामाथि चोट पुग्न सक्छ ।
आर्म्स कन्ट्रोल असोसिएशनका अनुसार संसारभरीका ९ देशसँग परमाणु हतिया छ । यी देश हुन्– अमेरिका, रसिया, बेलायत, फ्रान्स, इजराइल, पाकिस्तान, भारत, चीन र उत्तर कोरिया । संसारभरी अमेरिका पहिलो देश थियो जसले परमाणु हतियार पहिलो पटक विकसित गरेको थियो र सन् १९४५ मा दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकी र हिरोशमिामा पनि यसको प्रयोग गरियो ।
त्यसपछि संसारभरी हतियारको होड सुरु भएको थियो । यो होड मुख्य रुपमा अमेरिका र सोभियत यूनियन बिच निकै कडा रह्यो । आजको समयमा यी दुई देशबिच सबैभन्दा ठूलो र खतरनाक हतियार छन् ।
क्यूबा मिसाइल संकटको क्रममा परमाणु युद्धको आशंका प्रबल भएको थियो । त्यसको आठ वर्षपछि परमाणु अप्रसार सन्धी लागू भयो । उक्त सन्धी अनुसार संयुक्त राष्ट्रमा सुरक्षा परिषदका पाँच सदस्य अमेरिका, चीन, फ्रान्स, बेलायत र रुसलाई परमाणु शक्ति सम्पन्न देश मानिन्छ ।
अन्य देशको परमाणु प्रविधिको प्रयोगको अनुमती केवल वैज्ञानिक शोधका लागि छ । पाँच देशबाहेक अन्य देश परमाणु हतियारलाई विकसित गर्न सक्दैनन् ।
इजराइल, भारत र पाकिस्तानले एनपीटीमाथि कहिले हस्ताक्षर गरेनन् । यद्यपी, इजराइल आफूलाई आधिकारिक रुपमा परमाणु शक्ति सम्पन्न देश मान्दैन । इजराइलसँग कम्तीमा ८० परमाणु हतियार भएको बुझिन्छ ।
उत्तर कोरियाले एनपीटीमाथि हस्ताक्षर गरेको थियो तर सन् २००३ मा आफूलाई अलग्गाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले