शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् घुम्नैपर्ने नेपालका २० ठाउँ

शनिबार, २१ मङ्सिर २०७६, ११ : २३
शनिबार, २१ मङ्सिर २०७६

कन्याम, इलाम 

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।

कन्याम बाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ । कन्याम घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् ।

भेडेटार, सुनसरी 

भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू गर्मी छल्नका साथै चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चाल्स प्वाइन्ट निक्कै चर्चित छ । वि.स. २०३८ सालमा वेलायती युवराज चाल्स शैलुङ्ग डाँडाको टुप्पोमा चढेको भएकाले यस डाँडालाई चाल्स प्वाइन्ट नामकरण गरिएको हो । 

यस्तो स्थाबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ । यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ ।

सौरहा, चितवन

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

बलथली

बल्थली नेपालको मध्य क्षेत्रमा रहेको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक सुन्दर गाँउ हो । काठमाण्डौं उपत्यकाबाट ४० किमी टाढा रहेको यो गाँउ सास्कृतिक र प्राकृतिक रुपमा अत्यन्त सुन्तर गाँउ हो ।

नगरकोट

नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुने गर्छ । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।

यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

नमोबुद्ध

काठमाडौं उपत्यका

काठमाडौं उपत्यका नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौं उपत्यकालाई नेपाल उपत्यका पनि भनिन्छ र यहाँभित्र ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर पर्दछन् ।

यी तिनै जिल्ला कलाकृतिको हिसाबले समृद्ध छन् । देशको आर्थिक, प्रशासनिक राजधानी भएकाले एकातर्फ व्यस्तता देखिन्छ भने अर्कोतर्फ यहाँका चोक चोकमा ऐतिहासिक कलाकृतिको सजिवता अनुभव गर्न पाइन्छ ।

पहाडि क्षेत्रमा पर्ने सहर भएकाले यहाँ न त धेरै चिसो न त धेरै गर्मी भएको उत्तम मौसम पाइन्छ । हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकको पहिलो पाइला यही सहरमा पर्छ ।

चिल्लाङ–इन्द्रसरोबर

चित्लाङ नेपालको मध्यभागमा रहेको मकवानपुर जिल्लाको एक गाँउ हो। लगभग ११७० वटा घरधुरी भएको यो गाँउ सहरी व्यस्तताबाट केही समयको लागि टाढिन चाहने आन्तरिक पर्यटकको लागि उत्कृष्ट स्थान हो ।

पोखरा

पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा पर्छ । पोखरा नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ । त्यसैले पोखरालाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ । यहाँका महत्पूर्ण पर्यटक स्थानमा फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट आदि पर्द्छन् । पोखरा कास्की जिल्लाको जिल्ला सदरमुकामका मात्र होइन नेपालका प्रमुख सहरमध्ये एक हो । नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलमध्ये एक भएकाले यहाँ देश विदेशबाट हजारौं पर्यटक भ्रमण गर्न आउने गर्दछन् ।

पाल्पा–रानीमहल

रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा निर्माण भएको दरबार हो । यो पाल्पाको बौघागुम्बा गाउँ अवस्थित छ । प्रेमिकाको सम्झनामा निर्माण गरिएकाले यसलाई नेपालको ताजमहल भनिन्छ । यो कालीगण्डकी नदीमा विशाल चट्टानमाथि निर्माण गरिएको छ । यो महल ग्रिसेली वास्तुशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो।

घान्द्रुक–लान्ध्रुक

घान्द्रुक नेपालको कास्की जिल्लामा अवस्थित गाउँ हो । घान्द्रुक प्राय गरि अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेसी पर्यटकहरुमा एक चिरपरिचित गन्तब्यको रुपमा लिईन्छ।

लान्द्रुक घान्द्रुक जाने मार्गमा पर्छ । घान्द्रूकसम्म जान नचाहने र थोरै समयमा पोखरा वरपरका सहरी व्यस्तताबाट टाढा हुन चाहनेको लागि यो उत्कृष्ट गन्तव्य रहदै आएको छ ।

बन्दिपुर

बन्दीपुर नेपालको गण्डकी प्रदेशको तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । बन्दीपुर नेवारी कला र संस्कृतिकोलागी पनि प्रसिद् छ। बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडर तल फाल हाल्ने गर्छन् । पोखरामा रहेका कम्पनीले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् । सेती नदीमा फ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो ।

नाम्चेबजार

नाम्चे बजार नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ । नाम्चे बजार सोलुखुम्बु जिल्लामा पर्छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो ।

स्वर्गद्वारी, प्यूठान

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरमध्ये मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ। स्वर्गद्वारीमा ऐतिहासिक अग्नि खण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो ।

जोमसोम

जोमसोम नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ हो । जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ।

लुम्बिनी

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ। इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए ।सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्त भएपछिे गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो । लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नाम बाट नामाकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ।

खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज सुदुरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ।  २२५ बर्ग कि.मी.को यो निकुञ्ज बि.स २०४२ मा स्थापना गरिएको हो। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड ताल । सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। 

रारा राष्ट्रिय निकुज्ज

रारा राष्ट्रिय निकुञ्ज पश्चिम मुगु जिल्लामा अवस्थित छ । १०६ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज इ.सं. १९७६मा स्थापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा ठूलो राराताल रहेको छ र त्यसैबाट यसको नामाकरण गरिएको हो। यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका मछाहरू संसारको अन्य कतै पाईंदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन्।

घले गाँउ

घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने वस्ती हो । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । यो गाउँ समुन्द्री सतहदेखि २१०० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घले गाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएकाले गुरुङ सस्कृति अवलोकन गर्नको लागि पनि उत्कृष्ट स्थल हो ।

वर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको प्रदेश ६ र सातमा छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि विभिन्न प्रकृतिको हुदैं सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्ण रूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुन्दर बस्नेत
सुन्दर बस्नेत
लेखकबाट थप