शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा महिलाहरुले विवाह गर्न छाडे

शनिबार, २१ मङ्सिर २०७६, ११ : ०८
शनिबार, २१ मङ्सिर २०७६

एजेन्सी । दक्षिण कोरिया र जापानमा महिलाहरुले विवाह नगर्दा आर्थिक संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ । 

दुई देश संसारको सबैभन्दा कम जन्मदर भएको देशमा समावेश छ । जापान विश्वको सबैभन्दा कम जन्मदर भएको देश हो । दक्षिण कोरिया यसमा आठौं स्थानमा छ । 

कोरियाली महिला माझ त ‘नो म्यारिज वुमन’ अभियाननै चलेको छ । अभियान अन्तर्गत महिलाहरुलाई नो डेटिङ, नो सेक्स, नो म्यारिज, नो चिल्ड्रेन भनेर चार चिजबाट टाढा रहन समेत सल्लाह दिइँदैछ । 

विवाह गर्न प्रोत्साहनको लागि अनुदानको व्यवस्था
महिलाहरुमा विवाहप्रति अरुचि उत्पन्न भएको अवस्थामा सुधार ल्याउनको लागि त्यहाँको सरकारले युवाहरुलाई अनुदान रकमदेखि अन्य सुविधाको व्यवस्था गरेको छ ।  

दक्षिण कोरियाको अवस्था यति बिग्रिएको छ कि त्यहाँ जम्मा २२.४ प्रतिशत महिला मात्र विवाहलाई आवश्यक ठान्छन् । एक दशक अघि यो तथ्याकं ४७ प्रतिशत थियो । 

दक्षिण कोरियाको सरकारले युवाहरुलाई विवाह गर्न र बालबच्चा पाउनको लागि प्रोत्साहन अभियान चलाइरहेको छ । 

विद्यार्थीको संख्यामा समेत घट्न थाल्यो
दक्षिण कोरियामा विवाहमा ह्रास आउँदा जनसंख्यामै कमी आएको छ । यसले श्रम शक्ति घट्ने खतरा उत्पन्न गरेको छ । जनसंख्यामा आएको कमीको कारण सियोलका कयैन विद्यालयमा विद्यार्थीको कमी देखिन थालेको छ । 

केही विद्यालयमा विद्यार्थीको संख्यामा अत्यधिक कमी आउदाँ बन्द गरिएका छन् । 

जापानमा पनि बच्चा जन्माउन प्रोत्साहन कार्यक्रम 

जापानको जनसंख्या तीव्र गतिमा बुढो हुदै गएको छ । यसले समाज र अर्थव्यवस्थामा असर देखाउन थालिसकेको छ ।  

कोरियामा जस्तै जापानका युवाहरुमा पनि विवाहप्रति विकर्षण देखिन्छ । यसले गर्दा बालबालिका र युवाको संख्यामा ह्रासको कारण देशमा संकट उत्पन्न भएको छ । 

यही कारणले यहाँ महिलाहरुलाई दोस्रो बच्चा जन्माउनको लागि प्रोत्साहन गरिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप