नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ एसपी र २७ डीएसपीको काज सरुवा गरेको छ ।
प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज सरव गरिएको छ । स्याङ्जामा कार्यरत एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।
त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा तानिएको छ । भने सर्लाहीमा विश्वमणी पोखरेललाई काज गरिएको छ । उनी यसअघि प्रहरी प्रधानकार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत थिए ।
उपत्यकाका तीन वृत्तका डीएसपी र केही जिल्लाका इन्चार्जहरूको काज सरूवा भएको छ । ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व र नयाँ कमाण्ड हेरफेर गरिएको हो ।
यस्तै महानगरीय प्रहरी वृत्त थानकोटमा घनश्याम श्रेष्ठको काज सरुवा भएको छ । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डीएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ ।
हेर्नुहोस् को कहाँ पुगे ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ