शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्

शनिबार, २१ मङ्सिर २०७६, १० : ५३
शनिबार, २१ मङ्सिर २०७६

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गरिन् । 

बाहिरै देखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउनेगरी काम गर्न आग्रह गरिन् । तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन् । जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला  परेपछि त के गर्नु त १’ मन्त्री अर्यालले निन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्‍नुहोला । यदि हो भने त्यस्तो गर्नुभएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताउनुभयो । तर गलत काममा भने साथ नदिने बताइन् ।

काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन् । काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन समेत दिइन् । मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् १ इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’

मन्त्रालय नयाँ ढंगबाट अगाडी बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिलेकाँही उर्जा पनि निराश हुनुपर्ने अवस्था आउने गरेको बताइन् ।

सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस भन्ने अपेक्षा रहेको मन्त्री अर्यालले बताइन् ।

 ‘हामीमाथि औला ठडिएको छ । औला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘हाम्रो आचरणमाथि प्रश्न उठेको छ । प्रश्न उठेपछि सावधानिपुर्वक कामकारबाहीमा कँही प्रश्न नउठोस् भनेर सचेत हुनुस । कँहीनेर प्रश्न पनि नउठोस् । तपाइहरू संस्कारित बन्दिनुस ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप