शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा आज १८ खेल हुँदै

शनिबार, २१ मङ्सिर २०७६, ०९ : ०९
शनिबार, २१ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । 

आज आर्चरी, एथलेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । जनकपुरमा कुस्ती र अन्य खेल काठमाडौंमा हुनेछ । सुक्रबार सम्म नेपाल ४१ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा छ । ९३ स्वर्णसहित भारत शीर्ष स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप