केन्द्रीय संस्करण

सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्री

person explore access_timeमंसिर २०, २०७६ chat_bubble_outline0


काठमाडौं। सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्री भएको छ। बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्। 

बैंकले गत कात्तिक २० गतेदेखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो।  ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन मिल्ने वयवस्था मिलाइएको थियो ।

जसमा १ हजार ६ सय सर्वसाधारण आवेदकले ४ लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए। 

प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो। 

बैंकले १०.२५ प्रतिशत ब्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ। 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.