बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुस्तीमा नेपाललाई एक रजत र ३ वटा काँस्य

शुक्रबार, २० मङ्सिर २०७६, २० : ३७
शुक्रबार, २० मङ्सिर २०७६

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको जनकपुरमा भएका विभिन्न ४ तौलको कुस्तीमा भारतले ४ स्वर्ण पदक जितेको छ ।  महिला तर्फ ५० केजीमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितेकी छिन् । जसमा श्रिलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जितेकी छिन् । 

त्यस्तै महिला तर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन् ।त्यस्तै पुरुष तर्फ ५७ केजी तौल तर्फ भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक जितेका छन् ।

त्यस्तै पुरुष तर्फ नै ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् । आज भएको खेलमा नेपालले एउटा रजत र तिनवटा कास्य पदक हासिल गरेका छ भने भारतले चारवटै स्वर्ण पदक जितेका छन् भने बांगलादेशले एउटा पनि पदक जितेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप