माधव नेपालले उद्घाटन गरेको कपिलवस्तु महोत्सवमा पूर्वराजा शाहको प्रवेश
बुटवल । नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेको महत्वसमा पूर्वराज ज्ञानेन्द्र शाहले पनि प्रवेश गरेका छन् ।
पाँच नम्बर प्रदेशका प्रदेशका विभिन्न जिल्लाको भ्रमण प्रश्चात आएका पूर्वराजा शाहले शुक्रबार कपिलवस्तुको गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा ३ बजे पुजाआजा गरेपछि ११ औँ कपिलवस्तु महोत्सवको अवलोकन गरेका हुन् ।
गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजापछि जितपुरवासी र आयोजक वाणगंगा वेलफेयर सोसाइटीको आग्रहमा उनी महोत्सवको अवलोकन गर्न पुगेका हुन् । कपिलवस्तु महोत्वसको विहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।
शाहको २०६४ साल पछी अहिले कपिलवस्तुमा भ्रमण भएको हो । भ्रमणलाई सफल पार्नको लागि जिल्ला स्तरीय समिती गठन गरि कार्यक्रमको तयारीलाई तिव्रता दिइएको शिव सेना नेपाल जनाएको छ । पूर्वराजाको स्वागत लागि राप्रपा नेता कार्यकर्ता र सर्वसाधारणको व्यापक उपस्थिती रहेको थियो । पूर्वराजा रुपन्देहीको तिलोत्तमा रहेको रहेको टाईगर होटवलमा बसेका छन् ।