शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पीडितलाई सहयोग गर्न युएईका नेपालीलीले पठाए ४ लाख

आइतबार, ०४ भदौ २०७४, १२ : ५६
आइतबार, ०४ भदौ २०७४

युएई– अबिरल बर्षाका कारण बिचल्लीमा परेका बाढीपिडितलाई आर्थिक सहयोग गर्न युएईमा बाढीपिडित राहात उद्दार सयुक्त संयन्त्र बनेको छ । युएईमा रहेका करिब ४ दर्जन क्रियाशिल सामाजिक तथा जातीय संघसंस्था, ब्याबसायी,  राजनितिक भातृ संगठनहरूको संयुुक्त प्रयासमा नेपाली एसोसियशनमार्फत यो समयन्त्र बनेको हो । 
नेपाली समाज युएईका निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटाको संयोजकत्वमा नेपाल आदिवासी जनजाती महासंघ युएईको अध्यक्ष पासाङ् शेर्पा बितरण संयोजक रहने गरी बनेको समितिमा बिश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकाल उपसंयोजक तथा सदस्य सचिब राहत संकलन समिति, सोसल क्लब युएईका अध्यक्ष शालिक सुबेदी राहत संकलन तथा बितरण अनुगमन समिति संयोजक, ब्याबसायी नानुकाजी अर्याल संयोजक रहने गरी अन्य २ सदस्यस् क्रमश लोकेन्द्र बहादुर बम र उमेश न्यौपाने लेखा उपसमितिमा छन् ।
एसोसियसनमा आबद्द  हरेक संघसस्थाले कम्तिमा पनि ५ सय दिराम रकम आर्थिक संकलन समितिलाई बुझाउनु पर्नेछ भने रकम संकलन समितिले घरदैलो अभियान नै संचालन गरेको छ । यसरी संकलन भएको रकम पहिलो किस्तामा ४ लाख रुपैयाँ बाढी प्रबाभित जिल्लामा पठाएको छ । 
सर्लाही,सुनसरी,सिराह र सप्तरीमा प्रति जिल्ला १ र १ लाखका दरले पहिलो किस्ता रकम बितरण गर्ने समितिका संयोजक पासङ् शेर्पाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप