शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सँगसँगै’ मा आश्मा र मुकुनको जोडी

शुक्रबार, २० मङ्सिर २०७६, १६ : ४९
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा फिल्म ‘सँगसँगै’ बन्ने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हूत गरियो ।   सौगात मल्ल, मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी, विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारले अभिनय रहने फिल्म सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् । 

फिल्मस्को ब्यानरमा तोरण क्षेत्री, बिष्णु लामिछाने, रोशन केसी र बिष्णुबहादुर क्षेत्री निर्माता रहेको फिल्म शिव ढकालले खिच्ने छन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, बरिष्ट निर्देशक दयाराम दाहाल तथा नेपाली काग्रेसका नेता बद्रि पाण्डेले ‘सँगसँगै’ फिल्मलाई सफलताको शुभकामना दिए ।

निर्देशक भट्टराईले दुई साथीबीचको मित्रता तथा झण्डै दुई दशकअघिदेखि अहिलेसम्मको नेपाली समाजको एउटा कालखण्डको कथामा ‘सँगसँगै’ बुनिएको बताए ।  अभिनेता सौगातले आफूलाई ‘सँगसँगै’ को स्क्रिप्टले मन छोएको बताए ।

अभिनेत्री सृष्टिले यो फिल्मप्रति आफू निकै उत्साहित रहेको बताउँदा अर्की अभिनेत्री आश्माले ‘ड्रिमगर्ल’ पछि स्क्रिप्ट र टिम मन परेकाले ‘सँगसँगै’ मा जोडिएको बताइन् । फिल्म माघ पहिलो साताबाट छायाँकनमा सुरु हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप