मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब मेरो आफ्नै पहिचान हुनेछ’

माओवादी आन्दोलनमा होमिएकी अनुपमाको स्वर्ण पदकसम्मको यात्रा
शुक्रबार, २० मङ्सिर २०७६, १६ : ००
शुक्रबार, २० मङ्सिर २०७६

सानै छँदा अनुपमा मगरले आफ्नी आमा गुमाइन् । बुबाले अर्की श्रीमती बिहे गरे । दुई दाइ र पाँच दिदीबहिनीको परिवारमा एक दाइ र एक बहिनी थपिए ।

कृषि पेशा, ठूलो परिवार भए पनि उनका आमाबुबाले उदयपुरको लेखानीमा सबै छोराछोरीलाई दुःख–सुख गरेर पढाइरहेका थिए ।

देशमा जनयुद्ध उत्कर्षमा थियो । गाउँ–गाउँबाट युवाहरु माओवादी मोर्चामा आबद्ध भइरहेका थिए । अनुपमा पाँच कक्षामा पढ्दाको कुरा हो, त्यस्तै १२ वर्षकी थिइन् ।

उनी पढ्ने स्कुलहरुमा माओवादीको सांस्कृतिक विभागले बेलाबेला नृत्य देखाउँथ्यो । त्यही नृत्यले उनलाई आकर्षण गर्यो । र, कलिलै उमेरमा उनी जनयुद्धको मोर्चामा होमिइन् ।

तर, उनका सारथी गोली र बारुद भने भएनन् । जिल्लामा बसेर पार्टीले अर्हाएका काम गर्न थालिन् । नाचगान मनपर्ने भएकाले कलाकारको सहयोगीको रुपमा काम गरिन् । यसरी नै दुई वर्ष बित्यो ।

देशमा शान्ति सम्झौता हुने भयो । उनलाई साथीहरुले हौसाय– तिम्रो हाईट छ, ज्यान छ तिमी सेनामा जानुपर्छ ।

अग्रजहरुले पनि सल्लाह दिए । त्यसपछि उनले बन्दुक भिरिन् । सिन्धुलीको डिभिजन २ मा पोस्टिङ भयो ।

*****

अनुपमाको करातेसँगको साइनो भने गज्जबको छ । उनले माओवादीको पीएलए क्लबबाट कराते सिकेकी हुन् । उनको शरीर भद्दा थियो । आफ्नो ६१ केजीको ज्यान उनलाई मन पर्दैनथ्यो । त्यति नै बेला साथीहरुले कराते खेल्न सल्लाह दिए । तौल घटाउनकै लागि भए पनि उनले हात–खुट्टा चलाउने निर्णय लिइन् ।

*****

करातेसँगको साइनो

अनुपमाको करातेसँगको साइनो भने गज्जबको छ । उनले माओवादीको पीएलए क्लबबाट कराते सिकेकी हुन् । उनको शरीर भद्दा थियो । आफ्नो ६१ केजीको ज्यान उनलाई मन पर्दैनथ्यो । त्यति नै बेला साथीहरुले कराते खेल्न सल्लाह दिए । तौल घटाउनकै लागि भए पनि उनले हात–खुट्टा चलाउने निर्णय लिइन् ।

*****

‘परिवारमा मेरो जिम्मेवारी थियो । मभन्दा साना भाइबिहनी थिए त्यसैले स्वेच्छिक अवकाश लिएर घर गएँ,’ उनी भन्छिन् । अनुपमाको स्वेच्छिक अवकाश स्वीकारेका उनका दाइ केशवले बहिनी आफ्नो करियर छाडेर गाउँमा बसेको स्वीकारेनन् । आफूले परिवारको सबै जिम्मेवारी लिए र अन्य दुई भाइबहिनीसँगै अनुपमालाई काठमाडौँ पठाए ।

*****

तर, तौल घटाउन खेलेको कराते उनका लागि लक्की सावित भयो । खेल्न थालेको एक महिनामै सात डिभिजनमध्येबाट उत्कृष्ट हुँदै केन्द्रमा छनोट भइन् । त्यसपछि उनलाई गुरुहरुको सहयोगमा बालाजुको डोजो क्लबमा कराते सिक्ने अवसर प्रदान गरियो ।

‘केन्द्रको टोली नवरपरासीको चौँथो डिभिजनमा बस्थ्यो । म पनि त्यहीँ गएँ र पिएलएमा कराते खेलाडीको रुपमा आफूलाई स्थापित गर्दै लगेँ,’ अनुपमा भन्छिन् । यसरी केन्द्रमा उनले डेढ वर्ष बिताइन् ।

पहिलो अन्तर्राष्ट्रिय खेलकुदमा स्वर्ण

यसरी अनुपमाको सहभागीता राष्ट्रिय खेलकुदमा हुन थाल्यो । उनले छैठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर पाइन् । काँस्य जितिन् । यसरी उनले सातौँ खेलकुदमा रजत र आठौँमा काँस्य जितिहात पारिन् ।

सेना समायोजनको समय आयो । अनुपमा पनि योग्य ठहर भइन् । तर, उनले नेपाली सेनामा नजाने निर्णय गरिन् ।

‘परिवारमा मेरो जिम्मेवारी थियो । मभन्दा साना भाइबिहनी थिए त्यसैले स्वेच्छिक अवकाश लिएर घर गएँ,’ उनी भन्छिन् । अनुपमाको स्वेच्छिक अवकाश स्वीकारेका उनका दाइ केशवले बहिनी आफ्नो करियर छाडेर गाउँमा बसेको स्वीकारेनन् । आफूले परिवारको सबै जिम्मेवारी लिए र अन्य दुई भाइबहिनीसँगै अनुपमालाई काठमाडौँ पठाए ।

‘दाइ खेलकुदमा निकै चासो राख्नुहुन्थ्यो । त्यसैले मलाई ठूलै खेलाडी बनाउने सपना बोक्नुभएको थियो,’ अनुपमा भन्छिन्, ‘आज म जहाँ छु यसमा दाइको पनि देन छ ।’

काठमाडौं आएर अनुपमाले बालाजु डोजोमा कराते सिक्न थालिन् । सिद्धार्थ वनस्थलीमा कराते गुरुको रुपमा अरुलाई सिकाउन पनि ।

यसरी डोजो क्लबबाट सिकेरै उनले भारतको उदयपुरमा भएको एक अन्तर्राष्ट्रिय खेलमा सहभागीता जनाउने अवसर पाइन् । सहभागी मात्र भइनन् स्वर्णसमेत जितिन् ।

‘काठमाडौँ आएको दुई वर्ष खुबै मेहनत गरेँ र लगत्तै भारतमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा स्वर्ण जितेँ,’ अनुपमा भन्छिन्, ‘त्यो खेलले मेरो खेल जीवनमा निकै हौसला प्रदान गर्यो ।’

*****

१३ औँ सागमा श्रीलङ्काको प्रतिनिधित्व गर्दै उनै बान्द्रा नेपाल आउँदै थिइन् । बंगलादेशको खेलको भिडियो अनुपमासँग थियो । उनले दिनरात सो भिडियो हेरिन् र आफ्नो कमजोरी पहिल्याउने प्रयास गरिन् । बान्द्राको टेक्निकल पक्ष पनि मज्जैले क्याच गरिन् ।

*****

त्यसपछि बालाजु डोजोको तर्फबाट अनुपमाले श्रीलङ्का, सिंगापुर मलेसिया, चीन र दुवै जाने अवसर पाइन् । उनले आफूले सक्दो खेलिन् । केही देशमा मेडल जितिन् त केहीमा निराशा हात लाग्यो । तर, उनी त्यो हारले जीवनमा भने हारिनन् ।

‘म त्यतिबेला सिक्ने क्रममा थिएँ । जीवनमा होस् या खेलमा नहारी सिकिँदैन भन्ने मलाई थाहा थियो,’ अनुपमा भन्छिन्, ‘त्यसैले मैले हारबाट पनि धेरै कुरा सिक्दै गएँ । अनुभवहरु सङ्गालेँ ।’

हारबाट सिकेको पाठ

आठौँ राष्ट्रिय खेलकुदमा अनुपमा पहिलो भएकी थिइन् । त्यसपछि कराते महासंघले उनलाई विभिन्न तालिम दिइरहेको थियो । त्यो तालिम सागको तयारीका लागि थियो । एक महिना त क्याम्प राखेर नै अनुपमासहितका खेलाडीलाई तालिम दिइयो । त्यसपछि भदौमा फेरि आठौं राष्ट्रिय खेलकुदका पहिलो, दोस्रो र तेस्रो खेलाडी र पूर्व पदक विजेता खेलाडीबीच आन्तरिकरुपमा छनोट खेल भयो । अनुपमा छनोट भइन् ।

त्यसपछि सुरु भयो सागको तयारी । उनले अन्य देशबाट सागमा भाग लिन आउने खेलाडीको सूची तयार पारिन् । फेसबुक र युट्युबमा उनीहरुले खेलेको भिडियो हेरेर सवल र खराब पक्ष पहिल्याइन् ।

एक महिनाअघि भएको दक्षिण एसियाली कराते च्याम्यिनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अनुपमा बंगलादेश पुगेकी थिइन् । त्यहाँ उनी फाइनलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रासँग पराजित भइन् ।

१३ औँ सागमा श्रीलङ्काको प्रतिनिधित्व गर्दै उनै बान्द्रा नेपाल आउँदै थिइन् । बंगलादेशको खेलको भिडियो अनुपमासँग थियो । उनले दिनरात सो भिडियो हेरिन् र आफ्नो कमजोरी पहिल्याउने प्रयास गरिन् । बान्द्राको टेक्निकल पक्ष पनि मज्जैले क्याच गरिन् ।

*****

खेलभन्दा दुई दिनअघिदेखि उनलाई निद्रासमेत लागेन । अनुपमालाई लाग्छ, देशमै भएको महत्वपूर्ण खेलमा राम्रो गर्नैपर्छ भन्ने दबाब हुँदोरहेछ । त्यही दबाबले मंसिरको जाडोमा उनलाई गर्मी महसुस भयो । एकप्रकारको उकुशमुकुश ।

*****

स्वर्ण पदक जितिसकेकी पाकिस्तानकी नर्गिस पनि सागमा आउँदै थिइन् । अनुपमाले उनलाई पनि फलो गरिन् ।

अनुपमाले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र आफूले हेरेका विदेशी खेलाडीका खेलहरुबाट एउटा कुरा सिकिन् । भन्छिन्, ‘हामी स्कोर हाइ हुँदाहुँदै अझै बढाउने धाउन्नमा चुक्न पुग्छौँ । तर विदेशीहरु स्कोर हाई भएपछि रक्षात्मक खेल खेल्दा रहेछन् । मैले पनि टेक्निकल खेल खेल्नुपर्छ भन्ने लाग्यो ।’

र, १३ औँ सागमा अनुपमाले बान्द्रा र नर्गिसलाई हराउँदै स्वर्ण पदक हात पारिन् । अर्थात, उनले स्कोर बढाएपछि रक्षात्मक खेलिन् ।

आफूभन्दा देशको माया

समूह सूचीमा अनुपमाको समूहको खेल अन्तिमतिर थियो । उनीभन्दा अघि खेलेका सबैले मेडल हात पारे । केहीले स्वर्ण पनि जिते । त्यतिबेला अनुपमाको मनमा कुरा खेल्यो, ‘ला अब मैले पनि जसरी हुन्छ स्वर्ण त जित्नै पर्छ ।’

खेलभन्दा दुई दिनअघिदेखि उनलाई निद्रासमेत लागेन । अनुपमालाई लाग्छ, देशमै भएको महत्वपूर्ण खेलमा राम्रो गर्नैपर्छ भन्ने दबाब हुँदोरहेछ । त्यही दबाबले मंसिरको जाडोमा उनलाई गर्मी महसुस भयो । एकप्रकारको उकुशमुकुश ।

फाइनलको अघिल्लो दिन पनि उनी रातभर सुतिनन् । त्यसअघि अनुपमाको मनमा फाइनलमा कसरी पुग्ने, के गर्ने भन्नेजस्ता कुराहरु खेलिरहन्थे भने त्यतिबेला कसरी फाइनल जितेर स्वर्ण हात पार्ने भन्ने कुराहरु खेल्न थाले ।

‘देशका लागि मैले स्वर्ण जित्नैपर्छ भन्ने लाग्यो’ अनुपमा फाइनलअघिको अन्तरआत्माको बोली सुनाउँछिन्, ‘त्यतिबेला म र मेरो भन्ने भावना नै नुहुने रहेछ । मेरो देश भन्ने भावना मात्र मनमा खेलिरह्यो ।’

‘अब आफ्नै नामले चिनिन्छु’

अनुपमाले कहिल्यै सोचेकी थिइनन् आफूले तौल घटाउन सिकेको करातेले यति ठूलो सफलता दिलाउँछ भन्ने ।

‘मलाई यति मोटो मान्छे पनि खेलाडी हुन्छर भन्ने लाग्थ्यो तर गुरुहरु तिमीले राम्रो गरिरहेकी छौँ, खेल्न नछाड भन्नुहुन्थ्यो’ अनुपमा आफ्नो अनुभव साट्छिन् ।

खेल्दा–खेल्दै उनलाई करातेमा रस पस्दै गयो । अहिले उनले खेलले मोटोपन घटाउने भन्दा पनि फिटनेस बढाउँदो रहेछ भन्ने बुझेकी छन् । अनुपमालाई हेरेर लाग्दैन उनी अहिले ७४ केजीकी छिन् भन्ने ।

अल्ट्रा धावक मीरा राई र अनुपमा पिएलएमा हुँदादेखिका साथी हुन् । उनीहरु त्यसपछि जीवनमा कहिल्यै टाढा भएनन् । दुःखमा होस् या सुखमा । अनुपमा खेलका क्रममा विदेश जाँदा धेरैले उनलाई नेपालकी मीराकी साथी भनेर चिन्थे । तर, अब उनको आफ्नै पहिचान बन्ने छ ।

उनलाई नेपालकी स्वर्ण पदक विजेता, अनुपमा बनेर चिन्नेछन् विदेशी खेलाडीले ।

अब अनुपमाको यही पहिचान र सफलताले अर्को वर्ष जापानमा हुने ओलम्पिक खेलकुदको ढोका पनि खोलिदिएको छ । उनी भन्छिन्, ‘अबको मेरो लक्ष्य भनेको ओलम्पिकमा स्वर्ण जित्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण आचार्य
कृष्ण आचार्य

@novelkrishna

लेखकबाट थप