मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपडा किन्न हिँडेकी पूजा २० दिनदेखि बेपत्ता

शुक्रबार, २० मङ्सिर २०७६, १५ : ३८
शुक्रबार, २० मङ्सिर २०७६

गुल्मी । छोरी बेपत्ता भएको दिनदेखि बिरामी आमाको अवस्था नाजुक बन्दै गएको छ । तर तिनै बेपत्ता छोरीको एक युवाले फेक आइडी बनाएर थप पीडा थपिदिएका छन् ।

घटना हो, गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–५ रजस्थल दोबाटाको । त्यस गाउँकी १७ वर्षीया पूजा अर्याल मङ्सिर १ गते विहान सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी हिँडैकै दिन तम्घासको भगवती मन्दिरसम्म पुगेको एक जना छिमेकीले देखेको बताएका छन् । त्यसपछि उनको अवस्था अज्ञात  छ ।

तर, उनै युवतीका नाममा एक जना युवाले फेसबुक आईडी बनाएर अनेकन  लेख्दै पीडा दिने गरेको परिवारका सदस्यहरुले बताएका छन् । जसले कहिले भारतमा छु भन्ने त कहिले पूजा आर्याल नामकै आईडीबाट म जीवन र मरणको दोसाँधमा छु भनेर लेख्ने गरेका छन् ।

उक्त आइडीबाट पूजाका बाबु नारायणप्रसादले अनेकन म्यासेजहरु आउने गरेको बताए । खोजतलासका लागि प्रहरीमा उजुरी दिएको यतिका दिन बित्दा पनि प्रहरीले खासै वास्ता नगरेको गुनासो परिवारजनको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख  एसपी राजेन्द्र सिंह खड्काले आफूहरुले खोज तलासका लागि प्रयास भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप