शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्सिङ संघ केन्द्रीय कार्यसमितिका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

शुक्रबार, २० मङ्सिर २०७६, १४ : ५५
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । आगामी पुष ९ गते हुन लागेको नेपाल नर्सिङ संघको नयाँ नेतृत्व लागि उम्मेदवारको अन्तिम नामवली सार्वजनिक गरिएको छ । संघका अध्यक्षका लागि संयुक्त पेसागत प्यानल र प्रगतिशील प्यानलबाट एक/एक जनाले उम्मेदवार दिएका छन् । सयुक्त पेसागत प्यानलबाट प्रा. मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा.मनकुमारी राईले संघको अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । 


यस्तै वरिष्ठ उपाध्यक्षको लागि रमेश सुब्बा, उर्मिला श्रेष्ठ, उपाध्यक्षको लागि मिना वानिया, विमलाकुमारी शाह, महासचिवमा नर्बदा थापा र यशोदा बराल, सचिवमा प्रमिला थकाली र जया मिश्र, कोषाध्यक्षको लागि कल्पना श्रेष्ठ र कविता आचार्य उम्मेदवारी दिएका छन् । 

यस्तै खुल्ला सदस्यहरुमा विजया अधिकारी र ज्योती रानाभाट, जनजाती सदस्यहरुमा हरि प्रसाल कोजु र भिमकुमारी श्रेष्ठ, आदिवासी सदस्यहरुमा सोनु शेर्पा र प्रेमा लक्ष्मी खागी, दलित सदस्यमा सपना विक र मोहनकुमारी गैरेले उम्मेदवारी दिएका छन् । 

मधेशी सदस्यहरुमा अन्जुकुमारी महतो  र विणाकुमारी यादव, मुस्लीम सदस्यमा कोहीनुर फारुकी, इजरायल शाह र अनमिमा अम्बिका पौडेल, सीता के.सी., सीता भुषाल र मिरा गुरुङले उम्मेदवारी दिएका छन् ।

 प्रत्येक ३ वर्ष हुने संघको निर्वाचन यसपटक भने ५ वर्षमा हुन लागेको हो । वि.स २०१८ मा नेपालमा पहिलोपटक स्थापना भएको नर्सिङ संघले देशभरको नर्सको चित्त बुझाउन नसकेको आरोप लाग्दै आइरहेको छ । 
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ९० हजार नर्स दर्ता छन् भने नर्सिङ संघको सदस्यता भने १४ हजार मात्रै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप