बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करणको विष्फोटक ब्याटिङ, माल्दिभ्ससामु १ सय ६४ रनको लक्ष्य

शुक्रबार, २० मङ्सिर २०७६, १४ : ३५
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार क्रिकेटमा नेपालले माल्दिभ्ससामु १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको हो ।

नेपालका लागि करन केसीले १६ बलमा सर्वाधिक ४० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरे । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए ।

माल्दिभ्सका लागि लीम शाफिगले ४ ओभरमा ३३ रन खर्चिदैँ तीन विकेट लिए । यस्तै अमिल मौरुफले दुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप