शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण

शुक्रबार, २० मङ्सिर २०७६, १४ : ०४
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुवास तामाङले स्वर्ण पदक जितेका छन् । गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पराजित गर्दा  सुवास तामाङले नेपालाई स्वर्ण पदक दिलाएका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए भने बंगलादेशका मोहम्मद फरहादले ६ अन्डर २ सय ८२ मा सिमित रहे ।  सुवास व्यक्तिगतसँगै टिम इभेन्टतर्फ पनि स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भए ।  टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप