शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पटक–पटक घुस लिएको आरोप लागेका दोलखाका प्रजिअ हटाइए

शुक्रबार, २० मङ्सिर २०७६, १३ : ०७
शुक्रबार, २० मङ्सिर २०७६

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोलखाको प्रजिअबाट हटाएको छ । 

रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप लगाएका थिए । 

दोलखा प्रजिअबाट हटाइएका रिजाललाई गृह मन्त्रालय तानिएको छ । पीडितहरुले बिहिबार पत्रकार सम्मेलन गरेर रिजालले पटक–पटक घुस लिएको बताएका थिए । 

गृह मन्त्रालयका अनुसार उनले जिल्ला छोडिसकेका छन् । 

उनले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । उनले ती अभियुक्तसँग रसिद काटेर रकम लिए पनि घटना बाहिरिने डरले बिहीबार नै रकम फिर्ता गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप