शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु

शुक्रबार, २० मङ्सिर २०७६, १२ : २१
शुक्रबार, २० मङ्सिर २०७६

बुटवल । रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने फायरलाइनमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ६४५९ नम्बरको ट्रक र सोही दिसा भएर पूर्वतर्फ आउँदै गरेको लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्रकको टायरमा ढुङ्गा अड्किएपछि रोकेर त्यसलाई निकाल्दै गर्दा मोटरसाइकलले ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो । मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ पर्राेहा बस्ने केदारनाथ थारुको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप