ठप्प बन्यो फ्रान्स : निवृत्तिभरण सुविधा संशोधनको विरोधमा देशव्यापी हड्ताल
काठमाडौँ । फ्रान्समा निवृत्तिभरण सुविधामा सरकारले संशोधनको प्रक्रिया अघि बढाएको विरोधमा देशव्यापी प्रदर्शन भएको छ । कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएपछि सरकारी कामकाज, विद्यालय तथा यातायात क्षेत्र लगभग ठप्प भएको छ ।
विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । फ्रान्समा कर्मचारी तथा मजदूर निवृत्तिभरण योजनामा प्रस्तावित सुधारको विरोधमा छन् । नयाँ प्रस्तावमा अवकाशको उमेर बढाउने सरकारको योजना छ । निर्धारित समयभन्दा अघि नै अवकाश लिनेको हकमा निवृत्तिभरण बापतको रकम कम दिने सरकारको प्रस्ताव छ ।
निवृत्तिभरणमा संशोधनको विरोधमा शिक्षक, यातायात कर्मचारी, प्रहरी, वकिल, स्वास्थ्य संस्थाका कर्मचारी, विमानस्थलका कर्मचारी र अन्य मजदुर वर्ग सामेल छन् ।
फ्रान्सको विभिन्न ४० शहरमा व्यापक विरोध प्रदर्शन भएको छ । राजधानी पेरिसमामात्र करिब अढाइ लाख प्रदर्शनकारी सडकमा उत्रिएको बताइन्छ ।
आन्दोलनमा उत्रिएका श्रमिकले देशका कुल ८ तेल रिफाइनरीमध्ये सातवटालाई ठप्प पारेका छन् । हड्ताल लम्बिएको खण्डमा देशमा इन्धनको अभाव हुने आशंका गरिएको छ ।
विरोध प्रदर्शनमा उत्रिएका ८७ जनालाई प्रहरीले पेरिसबाट नियन्त्रणमा लिएको जनाइएको छ । पश्चिमी सहर नान्टमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।
कर्मचारीको हड्तालका कारण हाइ–स्पिड तथा इन्टर सिटी रेलसेवामध्ये करिब ९० प्रतिशत सेवा रद्द भएको छ भने पेरिसको १६ मेट्रो लाइनमध्ये पाँच वटामात्र सञ्चालन भएको छ ।
एयर ट्राफिक कन्ट्रोलरको हड्तालका कारण एयर फ्रान्सले ३० प्रतिशत आन्तरिक उडान र १० प्रतिशत छोटो दूरीको अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युनिभर्सल प्वाइन्ट बेस्ड पेन्सन प्रणाली’ लागू गर्न चाहेका छन् । यसलाई मौजुदा निवृत्तिभरण योजनाको सट्टा लागू गर्ने उनको योजना छ ।
फ्रान्समा हाल निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि विभिन्न ४२ प्रकारका निवृत्तिभरणका योजना लागू भइरहेको छ । यसमा अवकाशको उमेर र उसले प्राप्त गर्ने लाभ अलग अलग छ ।
राष्ट्रपति बनेपछि म्याक्रोनले अर्थव्यवस्थामा सुधारको प्रयास गरिरहेका छन् । उनले श्रमिक कानुनमा सुधार तथा व्यापारका लागि कर कटौती गरेका छन् ।
ताजा सर्वेक्षणअनुसार हड्तालको पक्षमा ६९ प्रतिशत जनसमर्थन देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्र खैलाबैला : दामोदरले पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत