बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५ हजार मिटर दौडमा नेपाललाई थप एक स्वर्ण

शुक्रबार, २० मङ्सिर २०७६, १० : ५९
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तरगत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालका लागि गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका हुन् । शुक्रबार भएको खेलमा उनले १४ मिनेट ५४.२० सेकेण्डमा उक्त दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, नेपालकै हरि कुमार रिमालले सोही दौडमा काँस्य पदक जित्न सफल भएका छन् । रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दौड पूरा गर्दै नेपाललाई पदक दिलाए ।

रजत पदक भने भारतका सुनिल दवारले हात पारे ।

शुक्रबार भएको ४०० मिटर पुरुष हर्डल्समा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पाकिस्तानका मेहबुब अलीले स्वर्ण जित्दा भारतका जबिर मदारीपा र सन्तोष कुमार कुमारले क्रमशः रजत र स्वर्ण पदक जिते ।

४०० मिटर महिला हर्डल्समा पनि पाकिस्तानकी नज्मा प्रविनले स्वर्ण पदक जितिन् । दौडमा श्रीलङ्काकी कौशल्या मधुले रजत हात पारिन् भने भारतकी वीरपाल कौरले काँस्यमा चित्त बुझाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप