बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ऋतिक रोशन बने एसियाकै सबैभन्दा ‘आकर्षक पुरुष’

शुक्रबार, २० मङ्सिर २०७६, १० : ०९
शुक्रबार, २० मङ्सिर २०७६

बलिउड अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् । बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो ।

उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘वार’ र ‘सुपर ३०’ जस्ता चर्चित फिल्ममा काम गरेका थिए । उनी बलिउडमध्येकै लोकप्रिय अभिनेता पनि हुन् । बहुप्रतिभाशाली ऋतिक नृत्य, अभिनयमा मात्रै होइन दर्शकको सकारात्मक प्रतिक्रियामा पनि निकै अगाडि छन् । 

उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो । 

कामुक पुरुषको उपाधि पाएपछि ऋतिकले आभार प्रकट गर्दै भने, ‘म सबैलाई धन्यवाद दिन चाहान्छु । यस्ता सर्वेमा एकजनाको मात्रै निर्णय हुँदैन यसले मानिसहरुले कसलाई कसरी हेर्छन् भन्ने कुराको पनि उजागर हुन्छ ।’

उनले अगाडि भनेका छन्, ‘कसैलाई आकर्षक बन्न उसको जीवनशैलीको भूमिका धेरै हुन्छ । जीवनको यात्रामा मानिसले जस्तो परिस्थितिको सामना गरेको हुन्छ त्यसको उसको व्यक्तित्वलाई निर्खार्ने काम गर्छ । म जुन तरिकाको भूमिका निर्वाह गर्छु त्यसैमा डुब्ने गर्छु ।’

ईस्टर्न आई इन्टरटेनमेन्टका सम्पादक असजाद नजिरले ऋतिकको सफलताको पछाडि उनको करियर भएको प्रतिक्रिया दिएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप