शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का

शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ५५
शुक्रबार, २० मङ्सिर २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु ब्राइटनसँग २–१ गोलले पराजित भयो ।

आर्सनलको पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । पाँच खेलमा आर्सनलले तीन हार र दुई बराबरी खेपेको छ । ब्राइटनको जितमा एडम वेब्सटर र निल मोउपेले गोल गरे । आर्सनलका अलेक्सान्ड्रे लाकाजेट्टीले एक गोल फर्काएका थिए । एडमले ३६औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । ५०औं मिनेटमा लाकाजेट्टीले मेसुट ओजिलको पासमा गोलगर्दै खेललाई बराबरीमा ल्याए ।

८०औं मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई जिताएका थिए । हारसँगै आर्सनल १०औं स्थानमा छ । आर्सनलले १५ खेलबाट १९ अंक बनाएको छ । १३औं स्थमानमा रहेको ब्राइटनको १८ अंक  छ ।

अर्काे खेलमा न्यु क्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । न्यु क्यासलका एलन सेन्ट म्याक्सिमिन १५औं र जोन्जो सेल्भेले ७०औं मिनेटमा गोल गरे । जितसँगै १९ अंक बनाएको न्यु क्यासल ११औं स्थानमा छ । १९ अंक बनाएको सेफिल्ड नवौं स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप