शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सागः छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा हुँदै

शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ५२
शुक्रबार, २० मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज सुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । 

आज आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङ खेल हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । 

कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । नेपाल पदक तालिकामा दोस्रो स्थानमा छ । नेपालले बिहिबारसम्म ३६ स्वर्ण पदक जितेको छ । भारत ६४ स्वर्णसहित शीर्ष स्थानमा छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप