शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो

शुक्रबार, २० मङ्सिर २०७६, ०६ : ५२
शुक्रबार, २० मङ्सिर २०७६

सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ । 

सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ । 

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी  सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् । 

यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप