शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिथुन र तुलालाई नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने, सिंहकाे गोप्य कुरा बाहिर आउन सक्ने, वृश्चिककाे आकस्मिक धन: आजको राशिफल

शुक्रबार, २० मङ्सिर २०७६, ०६ : ४३
शुक्रबार, २० मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर २० गते । शुक्रबार । ईश्वी सन् २०१९ डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि दशमी, ५७ घडी १७ पला, रातको ०५ बजेर ३६ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तराभाद्रपदा, ४० घडी ३६ पला, बेलुकी १० बजेर ५६ मिनेट उप्रान्त रेवती । योग सिद्धि,२६ घडी ३० पला, बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त व्यातिपात । करण तैतिल, बेलुकी ०४ बजेर ३३ मिनेट उप्रान्त गर, रातको ०५ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा ध्वज योग । चन्द्रराशि मिन । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०२ पला । पञ्चक। सर्वार्थसिद्धि योग बेलुकी १० बजेर ५६ मिनेटपछि। कीर्तिपुरमा इन्द्रायणी यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मिय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिनेछैन भने सोचेजस्तो आम्दानी नहुँँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ, ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ भने बिदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछैन भने अल्छि गर्नाले अन्य कामहरु बिग्रनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाढिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिने छ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउने तथा पति पत्निबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुँदा मन प्रशन्न रहनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेम तथा पति पत्नीबिच केहि विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला, झन्झटिलो तथा कष्टपुर्ण हुनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबीचको सम्बन्धमा केही खल्लो अनुभुति भएको महशुस हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् भने शत्रुलाई परास्त गर्ने उपाय फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई साइड  लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पmक्रिएर जानेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ, ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  विवादित विषयहरुको निर्णय तपाईंकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकिसँग गरिने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउन सहज हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप