बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गल्फमा सुवास र नेपाल टिम स्वर्ण नजिक

बिहीबार, १९ मङ्सिर २०७६, २२ : २२
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । नेपालका सुवास तामाङ १३औं दक्षिण एसियाली खेलकुद (साग) गल्फको स्वर्ण नजिक पुगेका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगिताको तेस्रो दिन बिहिबार सुवासले चार अन्डर ६८ खेले । ५४ होलको समाप्तिसँगै सुवासको कूल ११ अन्डर दुई सय पाँच स्कोर छ । 

सुवास दोस्रो स्थानमा रहेका नेपालकै निरज तामाङभन्दा सात स्ट्रोकले अगाडि छन् । निरजले कूल चार अन्डर दुई सय १२ स्कोर छ । बिहिबार निरजले एक अन्डर ७१ खेलेका थिए । तेस्रो स्थानमा रहेका बंगलादेशका मोहमद फराद र मोहमद शाहबुद्धिनको समान दुई अन्डर दुई सय १४ स्कोर छ । तेस्रो दिन फरादले चार अन्डर ६८ र शाहबुद्धिनले तीन अन्डर ६९ खेलेका थिए । पुरुष टिम इभेन्टमा पनि नेपाल स्वर्ण नजिक पुगेको छ । टिम स्पर्धामा नेपालले कूल २१ अन्डर ६ सय २७ स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको एक अन्डर ६ सय ४७ स्कोर छ । तेस्रो स्थानमा रहेको श्रीलंकाको ६ सय ५४ स्कोर छ ।

 यसैगरी महिला एकलमा श्रीलंकाकी ग्रेस यातावारा स्वर्ण नजिक पुगेकी छन् । दैनिक अग्रता जारी राखेकी ग्रेसको कूल तीन ओभर दुई सय १९ स्कोर छ । बिहिबार उनले दुई ओभर ७४ खेलेकी थिइन् । दोस्रो स्थानमा रहेकी तानिया मिनालको २४ ओभर दुई सय ४० स्कोर छ । उनले तानियालाई २१ स्ट्रोकले पछि पारेकी छन् ।

तेस्रो स्थानमा रहेकी श्रीलंकाकै थुहासिनी सेल्भाथानामको २५ ओभर दुई सय ४१ स्कोर छ । महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडी छ । श्रीलंकाले कूल २१ ओभर चार सय ५३ स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको ५४ ओभर चार सय ८६ स्कोर र तेस्रो स्थानमा रहेको नेपालको ७४ ओभर पाँच सय ६ स्कोर छ । शुक्रबार १८ होलको खेलपछि पदकको छिनोफानो हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप