शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभा सदस्य शाहीद्वारा शपथ ग्रहण

बिहीबार, १९ मङ्सिर २०७६, २१ : २०
बिहीबार, १९ मङ्सिर २०७६

पोखरा । उपनिर्वाचनमा बागलुङ २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम उनलाई शपथ गराए । मङ्सिर १४ गते भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाकोतर्पmबाट उनी  निर्वाचित भएको हुन् ।

उक्त क्षेत्रबाट यसअघि निर्वाचित टेकबहादुर घर्तीमगरको २०७५ मङ्सिर २७ गते जण्डिसका कारण उपचाररत रहेकै अवस्थामा निधन भएको थियो ।

 उपचुनावमा राजमोका शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उनले काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतको अन्तरले पराजित गरेका हुन् ।

शेरचनले नौ हजार १३८ मत ल्याएका थिए। शपथग्रहणपश्चात् उनले जनताको समस्या संसद्मा उठान गर्नुका साथै नीति निर्माणमा सक्दो भूमिका खेल्ने बताए । 

गणतन्त्र संस्थागत गर्ने, राष्ट्रियता बचाउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निर्वाचन क्षेत्रमा सडक, खानेपानी, विद्युत्, कृषि, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विकास निर्माणमा जुट्ने विश्वास व्यक्त गरे । 

शपथपश्चात् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपसभामुख सिर्जना शर्मा, मन्त्रीहरु एवं प्रदेशसभा सदस्यले शाहीलाई बधाई दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप