१ सय २४ स्वर्ण पदकको टुंग्यो : कुन देशले कति जिते (तालिकासहित)
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा १ सय २४ वटा स्वर्ण पदकको टुंगो लागेको छ । सागमा समावेश गरिएका विभिन्न खेल प्रतियोगितामा अहिलेसम्म १२४ स्वर्ण पदकको टुंगो लागेको छ । सबै भन्दाबढी स्वर्ण पदक जित्नेको अग्रपंतिमा भारत रहेको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल पाँचौ दिन पुग्दा भारत भन्दा २२ स्वर्णले पछि छ ।
भारतले यो समाचार तयार पारुन्जेल ५८ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ३६ वटा स्वर्ण पदकमा बाजी मारेको छ ।
यस्तै श्रीलंका, पाकिस्तान र बंगलादेशले क्रमश : १६, १२ र ४ स्वर्ण पदक हात पारेका छन् । यता माल्दिभ्सले एक स्वर्ण पदक हात पारेको छ भने भुटान अहिलेसम्म स्वर्ण पदक विहीन छ ।
नेपाल ३६ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका १६ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १२ स्वर्ण सहित चौथो स्थानमा छ । प्रतियोगितामा बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ ।
भुटानले हाल सम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् । प्रतियोगितामा भारतले ४१ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ३१ रजत जित्दा नेपाल २६, पाकिस्तान २१ र बंगलादेशले १० रजत जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं