शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा दुई दिन ५ घण्टा सवारी साधन रोकिने

बिहीबार, १९ मङ्सिर २०७६, १९ : ३४
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा पाँच घन्टा सवारीसाधन रोकिने भएका छन् । सञ्चालनमा रोक लगाउने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुँने भएकोले ट्राफिक प्रहरीले सो सडकखण्ड ५ घण्टा बन्द गर्ने भएको हो  ।

ट्राफिक प्रहरीका अनुसार सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने जनाइएको छ । ट्राफिक प्रहरीका अनुसार  बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन बन्द गरिनेछ ।  

कोटेश्वर, जगाती, जडीबुटी चोक, पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप