केन्द्रीय संस्करण

भारतको मध्यप्रदेशमा यात्रुबाहक बसले ट्रकलाई ठक्कर दियो, ९ जनाको मृत्यु

person explore access_timeमंसिर १९, २०७६ chat_bubble_outline0

एजेन्सी । भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा उक्त दुर्घटना भएको  थियो ।  

बाईपासमा  सडकमा भएको यस दुर्घटनामा नौ जना यात्रुको मृत्यु  हुनुको साथै अन्य २० जना घाइते भएका  एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाइएको छ । यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा मृत्युमा भएकाहरु प्रति शोक व्यक्त गरेका छन् । उनले घाइतेहरुलाई सहयोगको सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

‘रेवामा भएको दुर्घटनाको दुखद समाचार आएको छ । यस भयानक दुर्घटनामा मरेका सबै यात्रुहरुका परिवारप्रति मेरो समवेदना छ, ‘मुख्यमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस दुर्घटनामा सबै घाइते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’

क्षमताभन्दा बढी यात्रु सवार हुनु, सडकको खराब अवस्था र चालकका लाहपर्वाहीका कारण भारतमा घातक सडक दुर्घटनाहरू सामान्य रुपामा भएका पाइन्छ ।  गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दुर्घटनामा परी  १ लाख ५१ हजार ४७१ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१८ मा उच्च सङ्ख्यामा व्यक्तिहरु सकड दुर्घटानामा मारिनुको प्रमुख कारण सवारी साधन उच्च गतिमा चलाउनु नै रहेको विज्ञहरुको भनाई रहेको  छ । –सिन्ह्वा/Photo: ANI / Twitter/Hindustan times

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.