शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा छ, निजी गुठी गुठियारकै सम्पत्ति : मन्त्री अर्याल

बिहीबार, १९ मङ्सिर २०७६, १६ : ४६
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताएकी छन् । मन्त्री अर्यालले निजी गुठीका सन्दर्भमा गुठियारले भनेअनुसार नै अगाडि बढिने बताएकी हुन् । 

सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले बिहीवार मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले निजी गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउँदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताइन् ।

'नीजि गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाईँहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौ । बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोला', मन्त्री अर्यालले भनिन्, 'हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौँ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ति फाइदा हुने कुरा हो ।' 

गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताइन् । 

विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले नीजि गुठि नीजि गुठियाराकै सम्पत्ति भएको बताइन् । 

गुठी संस्थानले हेर्दै आएको गुठी क्षतविक्षत भएको भन्दै सरकारको सम्पत्तिको रक्षा गर्न सरकार लागेको उनको भनाइ छ । 'दाताले पवित्र भावनाले नीजि सम्पत्ति गुठीमा लगेर राखे । तर अहिले मान्छेले बेचिबेचि क्षतविक्षत बनाइदिए। यतिधेरै ध्वस्त भएको छ हामीसँग जवाफै छैन । हाम्रो मौलिकता, संस्कृति नै हरायो', मन्त्री अर्यालले भनिन् ।  

गुठीलाई कानुनबाट नै व्यवस्थित गरौं भनेर जाँउ भन्ने मनसाय भएपनि नीजि गुठियारा र सरकारको भावना भेट नहुँदा विगतमा स्थिति तनावपूर्ण बनेको बताइन् । दुवै पक्षबीच छलफल नहुँदा समस्या उत्पन्न भएको उनको भनाइ थियो । 

सरकारले गुठी विधेयक लगायतका विषयलाई समेटेर नयाँ एकिकृत भूमि विधेयक ल्याउने तयारी गर्दैछ । यसै सन्दर्भमा मन्त्रालयले मंसिर २३ गते सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । 

त्यस अवसरमा ध्यानाकर्षणपत्र बुझाउदै गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडी बढ्न आग्रह गरे ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप