शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन : कहाँ कति मत बदर भयो ?

बिहीबार, १९ मङ्सिर २०७६, १६ : ३९
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । मंसिर १४ गतेको उपनिर्वाचनमा विगतको निर्वाचनको तुलनामा बदर मत संख्या न्यून रहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक पोष्टर, ब्रोसर आदिका साथै मतदाता शिक्षा कार्यकर्ता मार्पmत सञ्चालन गरिएको घरदैलो कार्यक्रमको प्रभावकारीताका साथै विभिन्न सञ्चार माध्यमबाट प्रेषित सूचना, सन्देशका कारण बदर मत संख्या न्यून भएको ठहर गरेको छ । 

आयोगका अनुसार कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१ पदको लागि मतदाता संख्या ७१,८७१ रहेकोमा ४५,५४६ जना मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या ४४,९४६ र बदर मत संख्या ६०० रहेकोमा बदर मत प्रतिशत १.३२ रहेको छ । 

यसैगरी भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को १, बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को २ र दाङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ को २ गरी जम्मा प्रदेश सभा सदस्य–३ पदको लागि मतदाता संख्या १,४८,९१८ रहेकोमा ९८,७३४ जना मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या ९७,०६७ र बदर मत संख्या १,६६७ रहेकोमा बदर मत प्रतिशत १.७१ रहेको छ ।

त्यसैगरी स्थानीय तहका सदस्यतर्पm सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष–१ र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न नगरपालिका÷गाउँपालिकाका वडाअध्यक्ष–४३ गरी जम्मा ४८ पदको लागि जम्मा मतदाता संख्या २,३३,३२५ रहेकोमा १,५४,८३५ जना मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या १,५२,००४ र बदर मत संख्या २,७७० रहेकोमा बदर मत प्रतिशत २.०० रहेको छ ।

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख पदको लागि मतदाता संख्या ९२,८५३ रहेकोमा ५४,८४६ जना मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या ५३,७०५ र बदर मत संख्या १,१४१ रहेकोमा बदर मत प्रतिशत २.०८ रहेको छ । त्यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदको लागि मतदाता संख्या ३,३८७ रहेकोमा २,८६९ मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या २,८४९ र बदर मत संख्या २० रहेकोमा बदर मत प्रतिशत ०.७० रहेको छ । 

आयोगले निर्वाचन आचार संहिता समेत मंसिर १७ गतेको निर्णय अनुसार हटाएको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप