क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
बिहीबार, १९ मङ्सिर २०७६, ०६ : ००
काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडौंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेका हुन् ।
साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन् । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारिन् ।
यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर