इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन गृहमन्त्रीको आग्रह
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदूत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदूत डा.अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले इराकमा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुत डा.अब्दुलसदासँग आग्रह गरे । नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाइदिन राजदूतसँग गृहमन्त्री थापाले आग्रह गरेका छन् ।
राजदूत डा.अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गरे । उनले आतंकवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतंकवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे ।
उनले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठुलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताए ।
जवाफमा गृहमन्त्री थापाले इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफुले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी