बाढी प्रभावितका लागि पत्रकार महासंघ कोरिया शाखाको राहत
आइतबार, ०४ भदौ २०७४, ११ : २२
काठमाडौं–नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले बाढि पीडितहरुका लागि ५० हजार रुपयाँ राहत सहयोग गर्ने जनाएका छ ।
गत साता आएको भारी वर्षाले मानबिय तथा भौतिक सम्पत्तीमा ठुलो क्षति प–याएकोले राहत स्वरुप सहयोग गर्न लागिएको शाखाले जनाएको छ ।
कोरिया शाखाका सदस्यहरुबाट संकलित रकम नेपाल पठाएको शाखा अध्यक्ष खेम कार्कीले जानकारी गराए । कार्कीले तत्कालका लागि ५० हजार रुपयां पठाइएको जानकारी गराउदै राहत संकलन जारी रहेको बताए । पत्रकार महासंघ केँन्दसंग समन्वय गरि आर्थिक रकम पिडितहरुलाई हस्तान्तरण गरिने शाखाले जनाएको छ ।
कोरिया शाखाले प्राकृतिक प्रकोप पिडितहरुको लागि सहयोग गरिदिन कोरियामा रहेका सबै नेपालीमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका कानुनी सल्लाहकारको कारबाही रोक्न सर्वोच्चको आदेश
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा