शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भीरबाट जीप खस्यो, दुईजनाको शव फेला

बिहीबार, १९ मङ्सिर २०७६, १२ : २९
बिहीबार, १९ मङ्सिर २०७६

बुटबल । पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी राम शाहले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप