शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको पर्ल–हार्बरमा बन्दुक आक्रमण, आक्रमणकारीसमेत तीनको मृत्यु

बिहीबार, १९ मङ्सिर २०७६, ११ : ३४
बिहीबार, १९ मङ्सिर २०७६

एजेन्सी । अमेरिकाको हवाई राज्यमा रहेको देशको सैन्य बेस पर्ल हार्बरमा बुधबार अपरान्ह एक आक्रमणकारीले अन्धाधुन्ध गोलीबारी गरेका छन् ।

आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर छ ।

अधिकारीका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन् । आक्रमणकारी एक जना अमेरिकी नौसैनिक भएको बताइएको छ ।

पर्ल हार्बरमा अमेरिकाको हिन्द–प्रशान्त महासागर क्षेत्रको नौसैनिकको लागि जहाज र पनडुब्बीहरुको आधुनिकरण हुन्छ ।

सो स्थानमा जहाजहरुको मर्मत–सम्भारको पनि हुने गर्छ । पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन् ।

आक्रमणका दौरान भारतीय वायुसेनाका एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै थिए । उनी हिन्द–प्रशान्त क्षेत्रका अफसरका साथ एक कार्यक्रममा हिस्सा लिइरहेका थिए। घटनामा भारतीय वायुसेनाका अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ। 

घटनापछि बेस सम्पूर्णरुपमा बन्द गरिएको छ। केवल प्रहरी सेनाको टीमको वाहनहरुलाई भित्र जाने अनुमति दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप