शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रिद्धी सिद्धी सिमेन्टको १०औं ‘एफक्यान एक्सिलेन्स’ अवार्ड वितरण हुँदै

बिहीबार, १९ मङ्सिर २०७६, ११ : २३
बिहीबार, १९ मङ्सिर २०७६

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । 

महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन मार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । 

महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरुलाई अवार्ड कार्यक्रम मार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए । 

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । 

अवार्डमा जगदम्बा स्टिल्स् र केस कन्स्ट्रक्शन इक्विप्मेन्ट पाउरड बाई विधामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल सरकारका अन्य मन्त्रीहरु, सचिवहरु, विभिन्न विभागका महानिर्देशकहरुसहित देशभरबाट आएका निर्माण व्यवसायीहरुको पनि कार्यक्रममा उपस्थिति रहने अध्यक्ष सिंहले जानकारी दिए । अवार्ड वितरणका लागिवरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा “पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति” गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । 

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमास्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म ÷कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएका छन् । 

विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ । त्यस्तै नेपाल भरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ । 

निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ ।

 निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने  टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैवर्ष देखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए । 

यसैबीच महासंघले मंसिर २२ गते आइतबार विहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरि सहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ । प्रभात फेरि कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्री मोहमद इस्तियाक राई रहने महासंघले जनाएको छ । साथै सोही अवसरमा महासंघको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिने भएको छ । प्रदेश महासंघ तथा सम्पूर्ण जिल्ला संघहरुमा समेत आइतबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिने महासंघको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप