बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफ्ठ्यारा दिनहरुमा मलाई ठूला निर्देशकहरुले काम दिन मानेनन् : अक्षय कुमार

बिहीबार, १९ मङ्सिर २०७६, १० : ५७
बिहीबार, १९ मङ्सिर २०७६

बलिउड अभिनेता अक्षय कुमारले आफ्नो विगतको तीतो अनुभव सुनाएका छन् । नयाँ फिल्मको प्रमोसनमा उनले अफ्ठयारो समयमा ठूला निर्देशकले फिल्म नदिएको गुनासो पोखेका हुन् । 

उनले २७ डिसेम्बरमा रिलीज हुन लागेको फिल्म ‘गुड न्यूज’ मा मुख्य भूमिका निभाएका छन् । यो फिल्म निर्देशक राज मेहताले निर्देशन गरेका हन् । 

‘गुड न्यूजको’ कार्यक्रममा उनले नयाँ निर्देशकसँग काम सुरु गरेको विगत सम्झदैँ भने, ‘ठूला र अनुभवी निर्देशकले मलाई लिएनन् । त्यसैले मैले नयाँ निर्देशकसँग काम गरेँ । सत्य यही नै हो जब कोहि ठूला मान्छे तपाईँसँग काम गर्न चाहादैँनन् तब आफै काम गर्न सुरु गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘राज मेरो २१ औँ निर्देशक हुन् । मलाई लाग्छ नयाँ निर्देशकमा राम्रो काम गर्ने इच्छाशक्ति  पूराना निर्देशकमा भन्दा बढी हुन्छ । नयाँ निर्देशकको लागि मर या गरको स्थिती हुन्छ ।’

उनले किन निर्देशकले काम दिएनन् त ? भन्ने प्रश्नको जवाफमा उनले निर्देशकहरु त्यहीँ गए जहाँ उनीहरुलाई ठिक लाग्यो । त्यसैले आफूलाई कसैसँग गुनासो नभएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप