शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कप्तान ज्ञानेन्द्र मल्लको पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक

बिहीबार, १९ मङ्सिर २०७६, १० : २४
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय टी–२० शतक प्रहार गरेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत बिहीबार बिहान भुटानविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकीय पारीको मद्दतमा नेपाल विशाल योगफल तर्फ अग्रसर भएको छ ।

मल्ल ५५ बल सामना गर्दै १०७ रन बनाएर बाहिरिएका छन् । टी–२० मा यो उनको उत्कृष्ट प्रदर्शन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप