अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलन वासिङ्टनमा शुरु
अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलन बिहीबारदेखि वासिङ्टन डिसीमा शुरु भएको हो । क्यानाडाका पूर्व प्रधानमन्त्री तथा युनियनका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए ।
सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ ।
सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत बिचार विमर्श हुनेछ ।
आजै वाशिंगटन डिसीमा युनियनका अध्यक्ष तथा क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर र पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाबीच भेट भएको छ ।
भेटको अवसरमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’