बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सागमा आज १७ खेलमा प्रतिस्पर्धा हुँदै

बिहीबार, १९ मङ्सिर २०७६, ०९ : १२
बिहीबार, १९ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । 

बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिचभलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ । 

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुँदैछ । बाँकी खेल काठमाडौंमा हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबमा आज भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्दैछन् । 

सागको चौथो दिनसम्म नेपाल २९ स्वर्ण जित्दै पदक तालिकाको दोस्रो स्थानमा छ । ३४ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप