शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमार र एमबाप्पेको गोलमा पीएसजी विजयी

बिहीबार, १९ मङ्सिर २०७६, ०८ : ५३
बिहीबार, १९ मङ्सिर २०७६

सुपर स्टारद्वय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसमाति सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले नान्टेस २–० गोलले हरायो ।

पीएसजीको जितमा एमबाप्पेले ५२औं मिनेटमा गोल गरेका थिए । उनले एन्जल डी मारियाको पासमा गाल गरेका थिए । त्यसपछि ८५औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत  गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । निकोलस पालोसिसले इकार्डीलाई डिबक्स भित्र फल हानेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई नेयमारले सही सदुपयोग गरे । 

यसअघि ४१औं मिनेटमा नेयमारले गोल गरेपनि भिएआरले सहायतामा मान्यता दिईएन । जितसँगै १५ खेलबाट ३६ अंक बनाएको पीएसजी शीर्ष स्थानमा  छ । जुन दोस्रो स्थानको मार्सेलीको ३१ अंक छ । नवौं स्थानमा रहेको नान्टेसको २३ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप