बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

बिहीबार, १९ मङ्सिर २०७६, ०७ : ३६
बिहीबार, १९ मङ्सिर २०७६

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन । उमाले सबै गोल पेनाल्टीबाट गरेकीहुन  ।  त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन ग¥यो । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान दिए । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरिन् । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन्  ।त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिइन् । हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरिन  । उमासिका र चानिकले समान १ गोलको योगदान दिएकी थिइन् ।

विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी हुन । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाएकी ह्ुन  । श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी हुन । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरिन्  ।

घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो । तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो ।

नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।  

त्यस्तै, साग अन्तरगतकै दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४१–९ को फरक गोल अन्तरले हरायो । भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६÷६ गोल गरे । भारतका लागि खुश्बु कुमारी, स्वर्णिमा जैसवाल र शालिनी ठाकुरले समान ४ गोल गरे ।

ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गरे ।

उता, माल्दिभ्सको तर्फबाट भने ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १ गोल गरे ।

भारतीय मेनिका र दीपशिखालाई रेफ्रीले पहेंलो कार्ड देखाए । निधि शर्मा, स्वर्णिमा जैसवाल ज्योति शुक्ला, उमा र सान्थिया कुमारले दुई मिनेट खेल्न पाएनन् ।

त्यस्तै, माल्दिभ्सका एैसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमदले पहेंलो कार्ड पाए । फाथिमाथ फैरुजा आदम, जुलैखा इब्राहिम र राफाह इब्राहिमले दुई मिनेट खेल्न पाएनन् । खेलको १६ मिनेटमा माल्दिभ्सकी नास्फा अमिराले रेडकार्ड खादै मैदानबाट बाहिरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप