शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एथलेटिक्समा भारतको दबदबा, जित्यो पाँच स्वर्ण

बिहीबार, १९ मङ्सिर २०७६, ०७ : ३२
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन ७ स्वर्णका लागिभएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलङ्काको नाममा समान १ स्वर्ण रह्यो ।

भरतले लङजम्प पुरुषतर्फ,१० हजार मिटर दौड पुरुषतर्फ, महिला २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।

पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९.३३.६१ सेकेण्डमा पुरा गरे । श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्दै र नेपालका दिपक अधिकारीले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्र्दै कास्य पदक जिते ।

यता महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दुरी २३.६६ सकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पुरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । सरस्वतीले निर्धारित दुरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दुरी २६.०४ सेकेण्डमा पुरा गरिन् ।

२ सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दुरी २१.१५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सुर्यानाले निर्धारित दुरी २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले निर्धारित दुरी २१.२२ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।

त्यस्तै लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादबले ७.७७ मिटर को दुरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर को दुरीका साथ कास्य जिते । सो बिधामा भुवन महतो र  शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दुरी पार गरे ।

महिलालङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटर को दुरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटर को दुरीका साथ कास्य पदक जितिन् ।

यता डिस्कस  थ्रो महिलामा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४९.८५ मिटर फ्याक्दै ४७.३१ मिटर फ्याक्दै रजत श्रीलंंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याक्दै कास्य जितिन् । फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् ।

पुरुष डिस्कस  थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले  ४४.३ मिटर फ्याके ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप