बुटवलमा पनि विद्युतीय बस सञ्चालनको तयारी
बुटवल । सुन्दर यातायात प्रालिले बुटवलमा पनि विद्युतीय बस चलाउने तयारी गरेको छ । काठमाडौंमा विद्युतीय बस चलाएको सो कम्पनीले रुपन्देहीमा पनि ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो ।
त्यसका लागि बुटवलको तीनकुनेमा शाखा कार्यालय स्थापना गरिसकिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई मध्यनजर गरी काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीबाट सेवा विस्तार गर्न थालिएको प्रालिका सञ्चालक डीआर घिमिरेले बताए ।
शाखा कार्यालयको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले बढ्दो ब्यापार घाटा कम गर्न र वातावरण संरक्षणका लागि पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए ।
नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सो कम्पनी सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ । एक अर्ब रुपैयाँ लागतको उक्त परियोजना अघि बढ्न लागेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । उनकाअनुसार यसमा चिनियाँ कम्पनीले प्राविधिक किसिमको सहयोग गरेपनि प्रत्यक्ष वैदेशिक लगानी भने नल्याउने उनको भनाइ छ । आउँदो ६ महिनाभित्र एसेम्बलको शुरु गर्ने तयारी भएको थापाले बताए ।
सुन्दर यातायातले अहिले काठमाडौंमा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ भने छिट्टै ३० वटा पुर्याउने तयारी रहेको अध्यक्ष थापाले बताए । बुटवलमा बसले मुर्गिया र बर्दघाटदेखि बुटवल, भैरहवा हुँदै लुम्बिनीसम्म यात्रुलाई सेवा दिनेछ ।
विद्युतीय बस १० दशमलव ५ मिटर र ८ दशमलव ५ मिटर लामा हुने उनले बताए । उक्त कम्पनीले मुलुकमै पहिलोपटक विद्युतीय बस एसेम्बल्ड प्लान्ट स्थापनाका लागि गृहकार्य समेत शुरु गरेको छ । विद्युतीय बसमा सुरक्षाका लागि सीसी क्यामेरा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !