शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो कम्पनी बन्दै ओपो

‘क्वालकम स्न्यापड्रागन ८६५ र ७६५जी मोबाइल २०२० मा सार्वजनिक हुने’
बुधबार, १८ मङ्सिर २०७६, १९ : १८
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं– ओपोले २०२० मा फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ । 

डिसेम्बर ३का दिन आयोजित बार्षिक क्वालकम स्न्यापड्रागन टेक समितिमा सन् २०२०को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको हो । 

यही महिना सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्री प्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी सुसज्जित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ ।

ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले क्वालकम स्न्यापड्रागन टेक समिटमा भने, ‘स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्रा उपकरण सञ्चारित गरी हामीले हाम्रा विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोन पस्कँदै छौँ । स्न्यापड्रागन ७६५जी सुसज्जित रेनोथ्री प्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिन फर्म फ्याक्टरमा अभुतपूर्व अनुभव पस्कन सघाउने छ । भविस्यमा थप फाइभजी उत्पादनहरु पस्कँदै जाने ओपोको योजना रहेको छ । यसले बृहत्त मात्रामा विश्वभर फाइभजी अंगिकरण गर्न तेवा पु¥याउनेमा हामी आशावादी छौँ ।’

स्न्यापड्रागन फाइभजी मोबाइल प्ल्याटफर्मले ओपोलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमा श्रेणीकै उत्कृष्ट कनेक्टिभिटी, कार्यक्षमता र उर्जा मैत्री फिचर्सबाट सुसज्जित बनाउनुका साथै आफ्ना उत्पादनमा उत्कृष्ट आकारका डिजाइन पस्कँदै उपभोक्तालाई नेक्स्ट जेनरेसनका उत्कृष्ट भिडियो, फोटो र गेमिङ अनुभव लिन सघाउँछ । 

स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्मबाट सञ्चारित तथा एकिकृत फाइभजी र ब्यूल्टअन ७एमएम प्रोसेन प्रविधि  सुसज्जित सार्वजनिकको प्रक्रियामा रहेको रेनोथ्री प्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी र अदृतिय  फाइभजी अनुभव पस्कने छ ।

ओपो फाइभजी स्मार्टफोनका क्षेत्रमा अग्रगामी हुनका साथै यसको प्रचारका लागि सदैव प्रतिबद्ध छ । ब्राण्डले यूरोपमै, पहिलो ब्यवसायिक फाइभजी फोनका रुपमा रेनो फाएभजीलाई आधिकारिक तवरबाट स्विट्जरल्याण्डमा सार्वजनिक गरिसकेको छ । 

ब्यापक प्रशंसा कमाउन सफल उक्त स्मार्टफोनलाई  क्रमबद्धरुपमा कम्पनीले अष्टे«लिया, यू.के. र ईटालीमा पनि उपलब्ध गराइसकेको छ । रेनो फाइभजीका लागि ओपो, कवालकम टेक्नोलोजिज् र एरिक्सनलाई यही जुन महिनामा, संयुक्तरुपमा ‘बेस्ट फाइभजी नेटवर्क डेभलपमेन्ट ईन यूरोप’ अवार्डबाट सम्मानितपनि गरिएको थियो । 

क्वालकम टेक्नोलोजिज्संग लामो समयदेखि चल्दै आइरहेको सहकार्य ओपोका लागि सदैव सर्हानिय छ । सन् २०१८मा ओपोले आफ्नो फ्ल्यागशिप फाइन्ड एक्स स्न्यापड्रागन ८४५का साथमा सार्वजनिक गरेको थियो । यूरोपियली बजारमा निकै सफल प्रमाणित यो उपकरणले उपभोक्तालाई यसमा निहित सर्वोत्कृष्ट डिजाइन, नवप्रबर्तनात्मक मनोरञ्जन र कनेक्सन क्षमता लगायत मार्फत अभूतपूर्व अनुभव प्रदान गर्न सफल भएको थियो । 

सन् २०१९मा ओपोले रेनो टेन र टेनएक्स हाइब्रिड जुम स्मार्टफोन, स्न्यापड्रागन ८५५ र रेनो एस स्न्यापड्रागन ८५५ प्लसका साथमा सार्वजनिक गरेको थियो । यिनमा निहित उत्कृष्ट फोटोग्राफी र गेमिङ पर्फरमेन्सका कारण उपभोक्ता माझ दुबैले निकै लोकप्रियता पायो । 

फाइभजी तथा ईन्टेलिजेन्ट कनेक्टिभिटी वल्र्डको यो यूगमा ओपोले फाइभजी प्रविधि, उत्पादन अन्वेषण तथा प्रयोग परिस्थितीका क्षेत्रमा लगानीलाई निरन्तरता दिने छ । क्वालकम लगायत उद्योगका अन्य पार्टनर्सका साथमा ओपोले विश्वभरका प्रयोगकर्ताका लागि फाइभजीका उपयोगिता र सम्भावना अन्वेषणलाई पनि निरन्तरता दिँदै जानेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप