भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच सम्झौता
चितवन । भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईपक्षीय सम्झौता भएको छ ।
बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीबीच पर्यटन वर्ष २०२० लाई भब्य बनाउन दुबै क्षेत्रको पर्यटन बिकासमा सहकार्य गर्ने सम्झौता भएको हो ।
दुबैले ११ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी दुबै क्षेत्रको पर्यटन बिकासमा दुबै स्थानीय तहले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्झौतामा भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच दुबै क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको प्रवर्द्धनका लागि सहयोग गरिने, दुबै स्थानीय तहका पर्यटन क्षेत्रसंग सम्बन्धित सूचना जानकारी एवम् अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ विषयहरुको आदान प्रदान गरिने, भरतपुर र लुम्बिनी नियमित हवाई सेवा सन्चालन गर्न आवश्यक पहल गरिने, भरतपुर महानगरको एक सडकलाई लुम्बिनी मार्ग र लुम्बिनी साँस्कृतिक नगरपालिकाको एक सडकलाई भरतपुर मार्गका रुपमा नामाकरण गरिने, दुबै पालिकाका सहरहरुलाई सफा सुन्दर स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लास्टिक झोला, सुर्तीजन्य पदार्थ आदि मुक्त क्षेत्र घोषणा गरिने विषय उल्लेख छ ।
दुबै पालिकाले निर्माण गरेका पर्यटन गुरुयोजना आदान प्रदान गर्ने, दुबै नगरपालिकाले आयोजना गरेका बिशेष कार्यक्रममा एक अर्कालाई आमन्त्रण गर्ने, भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाको यातायात ब्यवस्थापन गर्न ब्यवस्थित पर्यटकीय बस सेवा सन्चालनलाई नियमित र ब्यवस्थित गर्ने, यी दुबैको क्षेत्रभित्र रहेका तालतलैया, नदी, प्राकृतिक सम्पदा, धार्मिक तथा साँस्कृतिक क्षेत्रको बिकास तथा प्रवद्र्धनमा जोड दिइने पनि समझदारी भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी