साग पुरुष क्रिकेट– बंगलादेशद्वारा माल्दिभ्स पराजित
१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १०९ रनले पराजित गरेको छ ।
टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९.२ ओभरमा ६५ रन मात्र बनाउन सक्यो ।
माल्दिभ्सको ब्याटिंगमा अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशको लागि तन्भिर इश्लाम एक्लैले ५ विकेट लिए भने अबेदीन अफ्रिदी र अफिफ हुसेनले समान १–१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
बंगलादेशको लागि नज्लुल हुसेनले सर्वा्धिक ४९ रन, कप्तान सौम्य सरकारले ४६ रन तथा मोहम्मद नैमले ३८ रन बनाए। माल्दिभ्सको बलिंगमा इब्राहिम हसन, अज्यान फर्हाथ र मोहम्मद महफुजले समानले १–१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका तन्भिर इश्लाम चुनिए।
प्रतियोगितामा बंगालदेशको यो लगातार दोश्रो जित हो। पहिलो खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी