बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चोरीमा संलग्न चारजना उपत्यकाबाट पक्राउ

बुधबार, १८ मङ्सिर २०७६, १६ : ५७
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । प्रहरीले उपत्यकालाई आधार क्षेत्र बनाएर चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । समूह बनाएर चोरी गर्दै आएको उक्त समूहलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो । 

वृत्तका प्रमुख उमेश लम्सालका अनुसार चोरिएको सामानसहित चोरी गर्ने चारजनाको समूहलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरुमा नुवाकोटका २७ वर्षीय भुवन नेपाली, नुवाकोटकै २२ वर्षीय रोज परियार, सिन्धुपाल्चोकका २७ वर्षीय सुवास खड्का र झापाका ५१ वर्षीय ख्यामराज घिमिरे रहेका छन् । 

उनीहरुको साथबाट ५७ हजार ५०० रुपैयाँ नगद समेद बरामद भएको लम्सालले बताए । यस्तै ३ वटा मोबाइल, डेढ तोला सुनको गहना र चोरी गर्न प्रयोग गरिने फलामको रडसमेत बरामद भएको छ । 

पक्राउ परेका चारै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप